काठमाडौं । एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपालले आज बलियो टोली साउदी अरेबियाको सामना गर्दैछ ।
भुटानको थिम्पुमा नेपाल पहिलो जित निकाल्ने लक्ष्यमा रहेको छ । पहिलो खेलमा नेपाल र भूटानसँग एक एक गोलको बराबरीमा रोकिएको थियो । बराबरीसँगै प्रतियोगीतामा नेपालले महत्वपूर्ण ३ अङ्क जोड्ने मौका गुमाएको थियो ।
नेपाल र भूटानले समान १–१ अङ्क जोडेका छन् । छनोट समूह ‘ए’ मा नेपालसँगै आयोजक भूटान, साउदी अरेबिया र उत्तर कोरिया छन् । उत्तर कोरिया एसियन कप र फिफा महिला यु–२० विश्वकप विजेता पनि हो ।
छनोट प्रतियोगितामा सहभागी ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । सिंगल राउन्ड रोविन पद्धतिको प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोलीले यु–२० एसियन कपको १२औं संस्करणमा स्थान बनाउनेछ ।
समूह चरणपछि तीन उत्कृष्ट उपविजेता टोलीले पनि थाइल्यान्डको यात्रा तय गर्नेर्छन । समूह विजेताले सन् २०२५ मा थाइल्यान्डमा हुने एएफसी–२९ वर्षमुनिको महिला एशियन कप खेल्नेछ ।
