काठमाडौं । नेपालले आज एएफसी महिला एसिया कप छनोट यू–२० च्याम्पियनसिपमा आयोजक भुटानको सामना गर्दैछ ।
थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने छ बजे हुने खेलमा घरेलु टोलीलाई हराउँदै विजयी शुुरुवात गर्ने योजनामा नेपाल रहेको छ । छनोटमा नेपाल समूह ‘ए’ मा छ ।
छनोटमा कुल ४ टिम समावेश छन । आज नै हुने पहिलो खेलमा बलियो टोली उत्तर कोरियाले साउदी अरेबियाको सामना गर्ने तालिका छ । खेलअघिको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक याम गुरुङले नेपाली फुटबल समर्थकको अपेक्षा पूरा हुने बताएका छन ।
नेपालकी कप्तान बिर्सना चौधरीले पनि छनोट नै एकमात्र उद्देश्य रहेको बताइन । छनोटमा कुल ८ समूह रहेको छ । प्रत्येक समूह विजेता एसिया कपका लागि छनोट हुनेछ । प्रत्येक समूहको दोस्रो स्थानमा रहने टिममध्ये उत्कृष्ट तीन टिम पनि छनोट हुनेछ ।
नेपालको महिला युवा टिम पहिलो पटक एएफसी यु–२० महिला एसियन कप खेल्न लागेको हो ।