समाज

संसद अब त खुल्नुपर्ने होः सभापति देउवा

संसद अब त खुल्नुपर्ने होः सभापति देउवा

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिटै संसद सुचारु हुने बताएका छन् । 

जनकपुरधाममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभापति देउवाले यस्तो बताएका हुन् । भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरुले संसद अवरुद्ध गरिरहेका बेलामा सभापति देउवाले यस्तो प्रतिक्रिया दिएका हुन् । सभापति देउवाले कांग्रेस र एमालेको गठबन्धन बनेको र राम्रोसँग अघि बढिरहेको बताए ।

देउवाले बजेटबाट सबैलाई खुशी बनाउन नसकिने भन्दै आलोचना हुनु सामान्य रहेको बताए । गृहमन्त्री रमेश लेखकले राजीनामा दिने हो भन्ने प्रश्नमा किन राजीनामा दिनु भन्दै प्रतिप्रश्न गरे । वर्तमान सरकार ०८४ सम्मै राम्रोसँग सञ्चालन हुने दाबी देउवाको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *