समाज

संविधान समय र परिस्थितिअनुसार संशोधन गर्न सकिन्छः मन्त्री राई

संविधान समय र परिस्थितिअनुसार संशोधन गर्न सकिन्छः मन्त्री राई

काठमाडौं । रक्षामन्त्री मानवीर राईले संविधान समय र परिस्थितिअनुसार संशोधन गर्न सकिने बताएका छन् । 

सोमवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री राईले गैह्रआवासीय नेपाली र ब्रिटिश गोरखामा भर्ती भएकाहरुको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताए ।

राईले संविधानका कतिपय जटिलताहरु संशोधन गर्दै जानुपर्ने विषय भएको पनि बताए । मन्त्री राईले नेपालको संविधान अपरिवर्तनीय नभनिएको बताउँदै संविधान अकाट्य वस्तु नरहेको जिकिर गरे ।

मन्त्री राईले नेपालले केही सीमानाहरु गुमाउनु परेको भएपनि नेपाल स्वतन्त्र देश रहेको भन्दै  नेपालको इतिहास र वीरतालाई गौरव मानेर अघि बढ्नुपर्ने बताए । 

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *