समाज

विपक्षी दलहरुलाई ओलीको चेतावनीः संसद चल्छ, ज्यादती अब सह्य हुँदैन

विपक्षी दलहरुलाई ओलीको चेतावनीः संसद चल्छ, ज्यादती अब सह्य हुँदैन

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विपक्षी राजनीतिक दलहरुको ज्यादती अब सह्य नहुने चेतावनी दिएका छन् । 

एमाले संसदीय दलको बैठकमा सोमवार बानेश्वरमा सांसदहरुलाई प्रशिक्षित गर्दै ओलीले यस्तो चेतावनी दिएका हुन् । ओलीले अहिले केही नपाएर अब बिपक्षीले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिएको दाबी गरे । प्रधानमन्त्री ओलीले गृहमन्त्रीमाथि कुनै तथ्य, प्रमाण नरहेको भएपनि एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्यो भनेको भरमा राजीनामा मागेर संसद अवरुद्ध गर्न नहुने बताए ।

गृहमन्त्रीमाथि रिस उठेको भरमा राजीनामा मागेर राजीनामा नआउने ओलीको भनाई छ । मंगलवारको संसदमा विपक्षी राजनीतिक दलहरुले विरोध जनाएपनि कारबाही अघि बढ्ने ओलीले बताए ।  

अध्यक्ष ओलीले विपक्षी दलहरुले संसद र सडकमा वितण्डा खडा गरेको उल्लेख गरे । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *