समाज

विज्ञापन नीति जारी गरी विज्ञापन क्षेत्रका विकृति हटाउँछुः अध्यक्ष हुमागाईं

विज्ञापन नीति जारी गरी विज्ञापन क्षेत्रका विकृति हटाउँछुः अध्यक्ष हुमागाईं

काठमाडौं । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले पदभार ग्रहण गर्नुभएको छ । 

काठमाडौं । सोमवार अध्यक्ष हुमागाईंले बोर्डको बबरमहलस्थित कार्यालयमा पदभार ग्रहण गरेका हुन् । जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले हुमागार्इंलाई विज्ञापन बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । पदभार ग्रहण गर्दे अध्यक्ष हुमागाईले पहिलो कार्यकालमा अघि बढाएका राष्ट्रिय विज्ञापन नीति जारी गर्ने तथा विज्ञापन ऐन संशोधनका सम्पन्न गर्ने बताए ।

उनले विज्ञापन क्षेत्रका सबै सरोकारवालाको सहयोग लिएर विज्ञापन बजारको विकास र विस्तारका लागि काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।  सामाजिक सञ्जालमा हुने विज्ञापनलाई नियमनको दायरामा लयाउने पनि उनको भनाइ छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *