समाज

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

सर्लाही । बरहथवा नगरपालिका–१७ कटानीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

कटानीबाट कडरिया टोलतर्फ जाँदै गर्दा ना ४६ प २८२० नम्बरको मोटरसाइकल आज बिहान पुलबाट खस्दा मलङ्गवा नगरपालिका–४ निवासी ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिए ।

टाउको, निधार र दुबै आँखामाथि गहिरो चोट लागेका रायलाई बरहथवामा प्राथमिक उपचारपछि  बारास्थित एलएस न्युरो अस्पताल लगिएको थियो । 

उपचारका क्रममा निजको मृत्यु भएको राईले बताए । 
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *