बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर १२ भैसाहीमा चितुवाको आक्रमणमा परि एक महिलाको मृत्यु भएको घटनालाई लिएर स्थानीयले आईतबार जिल्ला प्रशासन कार्यालय बर्दिया घेराउ गरेका छन् । शुक्रबार दिउँसो खेतमा काम गर्ने क्रममा चितुवाले आक्रमण गर्दा ४३ वर्षिया जगतरानी थारूको ज्यान मृत्यु भएको थियो । घटनापछि आक्रोशित स्थानीयले आफूहरूले सुरक्षा र मृतकलाई उचित क्ष््रातिपूर्ति उपलव्ध गराउन माग गर्दै प्रशासन कार्यालय घेराउ गरेका हुन् । उनीहरुले जनताको जिउधनको सुरक्षाका लागि ठोस कदम चाल्न निकुञ्ज र प्रशासनर्लाइ चेतावनी समेत दिए । स्थानीयको विरोधपछि आगामी दिनमा यस्ता खालका मानवीय क्षती नदोहोरियोस भनेर बर्दिया प्रशासनमा संवन्धित निकायसँग छलफल तथा समझदारी गरिएको जनाइएको छ ।
शुक्रवार घरबाट करिब १ किलोमिटरको दुरीमा रहेको धान खेतमा घाँस गोड्ी रहेको समयमा चितुवाले आक्रमण गरेको हो । धान गोडिरहेको अवस्थामा चितुवाले महिलालाई आक्रमण गरि करिब १०० मिटरको दुरीमा रहेको उखु बारीमा क्षतविक्षत रुपमा थारुको मृत शरिर भेटिएको थियो । मान्छे खाने चितुवा संवन्धित निकाएले नियन्त्रणमा नलिए सम्म शव नबुभm्ने परिवार तथा स्थानीयको भनाई छ।