मुख्य समाचार

नेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन सम्पन्न

नेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन सम्पन्न

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)  क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन सम्पन्न भएको छ । 

ए क्याटेगोरीका चार खेलाडी सबैभन्दा महंगो १५ लाख रुपैयाँमा अनुबन्ध भएका छन् ।  देव खनाल र अर्जुन साउद चितवन राइनोजमा, पवन सर्राफ कर्णाली याक्समा, आदिल आलम काठमाडौं गोर्खाजमा १५ लाखमा अनुबन्ध भएका हुन् । 

ए क्याटेगोरीका अन्य खेलाडीमा दिलिप नाथ र सूर्य तामाङ बेस रकम अर्थात् १० लाख रूपैयाँमा क्रमशः लुम्बिनी लायन्स र विराटनगर किङ्समा अनुबन्ध भएका छन् । सुदूरपश्चिम रोयल्समा हेमन्त धामी पनि १० लाख मा अनुबन्ध भएका छन् । 

यसैगरी विराटनगर किङ्समा साहिल पटेल ५ लाखमा,  जनकपुर बोल्ट्सकमा सचिन भट्ट २ लाखमा,  काठमाडौं गोर्खाजमा उत्तम थापा मगर ३ लाखमा, पोखरा एभेन्जर्समा अभिषेक तिवारी २ लाखमा, लुम्बिनी लायन्समा टेकबहादुर रावत २ लाखमा खरिद भएका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *