समाज

पर्वतमा आयुर्वेदिक चिकत्सालयमा सेवा लिने बिरामीको संख्या बढ्यो

पर्वतमा आयुर्वेदिक चिकत्सालयमा सेवा लिने बिरामीको संख्या बढ्यो

पर्वत । पर्वतमा आयुर्वेदिक चिकत्सालयमा सेवा लिने बिरामीहरुको दर बढ्न थालेको  छ । 

पछिल्ला वर्षहरुमा  मृगौला, क्यान्सर ,पत्थरी , थाईराईड , मधुमेह जस्ता नसर्ने रोगहरु मानिसमा बढ्दो रुपमा देखा पर्न थालेसँगै आयुर्वेदिक औषधिको सेवन गर्ने दर बढेको हो ।

जिवनशैलीसँग सम्बन्धीत, तनाव थकानका लक्षण भएका बिरामी उपचारका लागि आउने क्रम बढेको चिकित्सालयले जनाएको छ । सात्विक आहार विहारको लागिपनि आयुर्वेदिक चिकित्सालयमा बिरामी पुग्ने क्रम बढेको छ ।  

गत वर्ष पर्वतका चार आयुर्वेदिक औषधालयबाट १५ हजार ८ सय ७६ जनाले सेवा लिएका छन् । त्यस्तै, प्रदेश आयुर्वेदिक चिकित्सालय मार्फत ६ हजार भन्दा बढीले आयुर्वेदिक सेवा लिएको तथ्यांक छ । 

यहाँ उपचार लिन छिमेकी जिल्ला बागलुङ, गुल्मीका सेवाग्राही समेत पुग्ने गरेका छन् । औषधालयले २३ प्रकारका जडीबुटीजन्य औषधि उपलब्ध गराउँदै आएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *