मुख्य समाचार

अनुतिन चार्नभिराकुल बने थाइल्यान्डको नयाँ प्रधानमन्त्री

अनुतिन चार्नभिराकुल बने थाइल्यान्डको नयाँ प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डका लागि अनुतिन चार्नभिराकुल नयाँ प्रधानमन्त्री चयन भएका छन् । 

थाइल्याण्डको संसदमा शुक्रबार भएको मतदानबाट अनुतिन चार्नभिराकुलाई नयाँ प्रधानमन्त्री चयन गरिएको हो । शुक्रबार भएको मतदानमा भुमजैथाई पार्टीका नेता चर्नभिराकुलले ४९२ सांसदमध्ये ३११ मत प्राप्त गरेका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अनुतिनले उदारवादी ‘पिपल्स पार्टी’को समर्थनमा लोकप्रिय ‘फ्यु थाई’ पार्टीका उमेदवार चैकासेम नितिसिरीलाई हराएका हुन् । चैकासेमले १५२ मत प्राप्त गर्दा २७ सांसद भने तटस्थ रहेका थिए । 

गत हप्ता मात्र थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेतोङतार्न शिनावात्रालाई पदबाट हटाएको थियो । शिनावात्रा र कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनबीचको फोनवार्ता सार्वजनिक भएपछि गत जुलाईमा उनलाई निलम्बन गरिएको थियो । 

अब अनुतिनको पार्टीले अन्तरिम सरकार गठन गर्नेछ । अनुतिनले यसअघि उपप्रधानमन्त्री, आन्तरिक मन्त्री र स्वास्थ्य मन्त्रीका रूपमा काम गरिसकेका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *