मुख्य समाचार

दशौँ अन्तर्राष्ट्रिय ब्यापार मेलामा अवलोकनकर्ताहरुको भीड

दशौँ अन्तर्राष्ट्रिय ब्यापार मेलामा अवलोकनकर्ताहरुको  भीड

काठमाडौ । काठमाडौँको भुकृटीमण्डपमा जारी दशौँ अन्तर्राष्ट्रिय ब्यापार मेलामा अवलोकनकर्ताहरुको  भीड देखिएको छ ।

अहिलेसम्म करिव १५ हजार मानिसहरुले मेला अवलोकन गरिसकेको आयोजकले जनाएको छ । मेला समापनसम्म स्वदेशी र विदेशी गरी करिब २० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा आयोजकको छ।मेलाले नेपाली उत्पादनहरुको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उकास्न  सघाउ पुर्‍याउने विश्वास गरिएको छ।  मेलामा नेपाल, चीन र बंगलादेशका गरी १ सय २० स्टल छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको आयोजना र ललितपुर उद्योग वाणिज्य संघ तथा घरेलु तथा साना उद्योग महासंघको सह आयोजनामा गत शुक्रबारदेखि भइरहेको व्यापार मेला आजसम्म सञ्चालन हुनेछ ।

मेलामा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट र छलफल हुनुका साथै द्विपक्षीय व्यापार र लगानीका अवसरहरूका बारेमा पनि छलफल भएको छ । महासंघले वार्षिक क्यालेन्डर कार्यक्रमका रुपमा यो मेला आयोजना गरेको हो । 

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *