मुख्य समाचार

शान्ति प्रक्रियाका बाँकी काम रोक्ने प्रयास भैरहेको माओवादी उपाध्यक्ष श्रेष्ठको आरोप

शान्ति प्रक्रियाका बाँकी काम रोक्ने प्रयास भैरहेको माओवादी उपाध्यक्ष श्रेष्ठको आरोप

काठमाडौ। नेकपा माओवादी केन्द्र का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशलाई बनाउने भए पुनः एकपटक पार्टीलाई बहुमतको सरकार बनाउने गरी समर्थन गर्न आह्वान गरेका छन । पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्रलाई सशक्त बनाउन आम नागरिकको सहयोग आवश्यक रहेको बताएका हुन । उपाध्यक्ष श्रेष्ठले आवश्यकता परे जनसंघर्षको नेतृत्व गर्ने ठाउँमा पु¥याउन पनि जनसंघर्षमा सामेल हुनेगरी सहयोग गर्नुपर्ने बताए । 
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी कामहरु रोक्ने प्रयत्न भइरहेको बताए। पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले देश बनाउन पार्टी अध्यक्ष पुष्पकमल दाहालको विकल्प नरहेको बताए।

उपाध्यक्ष सापकोटाले देश बनाउनका लागि आफूहरुले अध्यक्ष दाहालको विकल्प नरहेको कुरा पहिला नै बुझेको तर अहिले आएर जनताले पनि बुझेको बताए । अहिले जनता काँग्रेस र एमालेबाट अघाएको बताउँदै माओवादीलाई बाटो खालि भएको जिकिर उनको थियो । उपाध्यक्ष सापकोटाले काँग्रेस प्रजातान्त्रिक सामन्तहरुको पार्टी भएको र एमालेको कामले आफ्नै कार्यकर्ताहरु पनि शीर निहुराएर लज्जावोध गर्ने गरेको बताए। 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *