समाज

सुनचाँदीमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै व्यवसायी आन्दोलित

सुनचाँदीमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै व्यवसायी आन्दोलित

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै प्रदर्शन गरिरहेका छन् । 

मंगलबार काठमाडौंको न्युरोडमा उनीहरुले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । विलासिलता कर र रत्न आभुषणमा लगाइएको भ्याट खारेज नभएसम्म आन्दोलन जारी राख्ने व्यवसायीको भनाइ छ । 

प्रदर्शनमा सहभागीहरुले सुनचाँदीको कारोबारका लागि व्यवसायीमैत्री एवं उपभोक्तामुखी स्पष्ट नीति र नियमावली एवं निर्देशिका निर्माण गर्न माग गरेका छन् । देशभित्रै हजारौँलाई रोजगारी दिइरहेको क्षेत्रलाई सरकारले डुबाउने नियतले कर नीति लिएको आरोप व्यवसायीको छ । 

सरकारले सुनचाँदीमा विलाशिलता कर धेरै लगाइँदा ग्राहकलाई समेत ठूलो मार पर्ने व्यवसायीको दाबी छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *