काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले १४ प्रतिशतबाट ७ प्रतिशतमा ब्याजदर झर्दा पनि बैंकमा कोही पनि पैसा लिन नजानु चिन्ताको विषय भएको बताएका छन् ।
सोमवारको अर्थ समितिको बैठकमा बोल्दै सभापति चालिसेले तरलता ठूलो मात्रमा रहेको बताउँदै विधि पुर्याउने नाममा बैंकले समेत ऋण लिन जानेहरुलाई दुःख दिने गरेको बताए ।
आज अर्थसमितिमा बाफियासम्बन्धि विधेयकमा बोल्दै सभापति चालिसेले काम गर्न चाहनेलाई क्षमताको आधारमा बैंकहरुले सहज रुपमा कर्जा दिने बातावरण हुनुपर्ने बताए ।
उनका अनुसार अरुदेशमा प्रमाणपत्रका आधारमा लोन दिइन्छ । नेपालमा समेत त्यसबारे अब सोचिनुपर्छ ।