मुख्य समाचार

जडीबुटी पेप्सीकोला सडकका अनधिकृत संरचना हटाउन ३५ दिनको अल्टिमेटम

जडीबुटी पेप्सीकोला सडकका अनधिकृत संरचना हटाउन ३५ दिनको अल्टिमेटम

काठमाडौ। जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्मका सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन जारी भएको छ। सोमबार काठमाडौँ महानगरपालिका र सडक विभागले संयुक्त सूचना प्रकाशित गर्दै यी संरचना हटाउन ३५ दिनको अल्टिमेटम दिएका छन् ।
‘सडकको केन्द्र रेखाबाट दायाँ बायाँ दुवैतर्फ १५र१५ मिटर सडक कायम रहेको हुँदा सरकार र स्थानीय सरकारका सम्बन्धित निकायहरूबाट संयुक्त रूपमा वैशाख १० गते सडक सीमाको सीमाङ्कन गरी चिनो लगाइएको वा किला गाडिएको हुँदा सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को अवज्ञा गरी उक्त स्थानमा सडकको सीमा क्षेत्रभित्र नक्सा पास विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरू सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धित व्यक्तिहरूबाटै हटाउन/भत्काउन मुनासिब माफिकको म्याद तोकी सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ। 

साथै तोकिएको म्यादभित्र अनधिकृत संरचनाहरू नहटाएमा सार्वजनिक सडक ऐन २०३१ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड तथा कार्यविधि र यस कार्यालयको निर्णय बमोजिम कारबाही गरिने समेत सूचनामा उल्लेख छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *