मुख्य समाचार

लमजुङको ८ पालिका एउटै दमकलको भरमा

लमजुङको ८ पालिका एउटै दमकलको भरमा

काठमाडौं । गण्डकी प्रदेश अन्तर्गत पहाडी जिल्ला लमजुङ एउटा मात्र दमकलको भरमा छ । 

आठ पालिका रहेको यो जिल्लामा आगलागीका घटना हुँदा सबै पालिकाले एउटै दमकलको भर पर्नुपर्ने बाध्यता छ । आगलागीका घटना जति बेला पनि हुनसक्ने भए पनि लमजुङमा एउटै मात्र दमकल हुँदा तत्काल घटनास्थलमा पुग्नलाई समस्या हुँदा बेलैमा आगो नियन्त्रण गर्न समस्या हुँदै आएको छ ।

जिल्लामा चार नगरपालिका र चार गाउँपालिका रहे पनि बेँसीसहर नगरपालिकामा मात्र दमकल छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा दमकल राख्नुपर्ने उल्लेख भए पनि जिल्लाका अन्य सात पालिकाले स्थानीय सरकार आएको यतिका वर्ष हुँदा पनि दमकल खरिद नगर्दा एउटै दमकलको भर पर्दै आएका छ ।

बेँसीसहरको दमकल मगाउने गरे पनि केही आगलागी हुँदा बेँसीसहरबाट आउँदा समय लाग्छ । आगलागीका घटनामा दमकलको प्रयोग महत्त्वपूर्ण हुने भए पनि भौगोलिक समस्याका कारण खरिद नगरिएको गाउँपालिकाले वजाएको छ । 

जिल्लामा सामान्य आगलागी हुँदा दमकलबिना नै प्रहरीले आगो निभाउने गरेका छन् । ठुलो आगलागी हुँदा प्रहरी बेलैमा पुगे पनि दमकल पुग्न समय लाग्ने भएकाले क्षति बढी हुने गरेको प्रहरीले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *