मुख्य समाचार

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । 

ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा शनिबार बेलुन दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको स्थानीय अधिकारीलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

बेलुङमा २१ जना सवार रहेकोमा अन्य १३ जना भने बाँचेका छन् । उनीहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । 

सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा आकाशमा रहेको बेला बेलुनमा आगो लागेर भुइँमा खसेको देखिन्छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *