मुख्य समाचार

पकिस्तानमा भारी वर्षाका कारण एकैदिन ६३ जनाको मृत्यु

पकिस्तानमा भारी वर्षाका कारण एकैदिन ६३ जनाको मृत्यु

एजेन्सी । पकिस्तानको पन्जाब प्रान्तमा आएको भारी वर्षाका कारण एकैदिन ६३ जनाको मृत्यु भएको छ । 

बाढीपछि भत्किएका भवनहरूले च्यापिएर, डुबेर वा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । बाढीमा परेर करिव तीन सय जना जना घाइते भएका छन ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बाढीका कारण पन्जाबभरिका धेरै एक्सप्रेसवेहरू बन्द भएका छन् भने दर्जनौं उडानहरू रद्द वा ढिलो भएका छन् । बाढीपछि रावलपिन्डी शहरका अधिकारीहरूले मानिसहरूलाई घरभित्रै रहनका लागि सार्वजनिक बिदा दिइएको छ ।

पाकिस्तानमा पछिल्लो एक दिनमा ४ सय मिलिलिटर वर्षा भएको छ । पन्जाबका अधिकारीहरूले सप्ताहन्तभरि थप वर्षा र बाढी आउने चेतावनी दिएका छन् । मनसुन शुुरु भएदेखि अर्थात् जुनको अन्त्यदेखि नै पाकिस्तनामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १ सय ८० पुगेको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *