मुख्य समाचार

गाजा शहरको ४० प्रतिशत हिस्सा आफ्नो कब्जामा भएको इजरायली सेनाको दाबी

गाजा शहरको ४० प्रतिशत हिस्सा आफ्नो कब्जामा भएको इजरायली सेनाको दाबी

एजेन्सी । इजरायली सेनाले गाजा शहरको ४० प्रतिशत हिस्सा आफ्नो कब्जामा भएको दाबी गरेको छ । 

गाजामाथि पूर्ण नियन्त्रण जमाउने उद्देश्यका साथ आक्रमण तीब्र पारेको इजरायले गाजाको विभिन्न शहरहरुमा स्थलगत र हवाई हमला गर्दा दिनहँु दर्जनौंको मृत्यु हुने गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इजरायली डिफेन्स फोर्स आइडिएफले हमासको पूर्वाधारलाई नष्ट गर्न बिशाल अभियान सञ्चालन जारी राखेको छ । हमासको कब्जामा रहेको बन्धक फिर्ता नगरेसम्म यो मिसन नसकिने उनीहरुको भनाई छ । 

इजरायलको आक्रमण प्रति प्रतिक्रिया जनाउँदै हमासले भने इजरायली आक्रमण रोकेको खण्डमा सबै बन्धन रिहा गर्न आफु तयार रहेको प्रष्ट पारेतापनि इजरायल भने यो मान्न तयार छैन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासको यो भनाईलाई झुुठको संज्ञा दिंदै अस्वीकार गरेका छन् । 

यसैबीच गाजाको अधिकांश भूभागमा जारी आक्रमणका कारण गाजाबासीहरु बिचल्लीमा परेका छन् । आफनो जिउ ज्यानको रक्षाका लागि उनीहरुले विश्व समुदाय समक्ष अपील गर्दा पनि युद्ध रोकिने सम्भावना टरेको छैन । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *