मुख्य समाचार

नाइजेरियामा डुङ्गा पल्टिँदा ४० जना बेपत्ता

नाइजेरियामा डुङ्गा पल्टिँदा ४० जना बेपत्ता

एजेन्सी । नाइजेरियामा डुंगा पल्टिँदा ४० जना बेपत्ता भएका छन् ।

नाइजेरियाका अधिकारीहरुको उत्तरपश्चिमी राज्य सोकोटोमा ५० यात्रु सहितको डुंगा पल्टिएको हो । क्षमता भन्दा बढी यात्रु भएका कारण डुंगा दुर्घटना भएको अनुमान गरिएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बेपत्ताहरुको खोजीका लागि उद्धारकर्र्मीहरु परिचालन गरिएका छन् । नाइजेरियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार १० जनाको उद्धार गरिएको छ ।

क्षमता भन्दा बढी यात्रु बोक्ने गरेका कारण नाइजेरियामा वर्षेनी दुर्घटना हुने गरेको छ । विशेष मार्चदेखि अक्टोबरसम्म, जब नदी र तालहरू भरिने गरेका कारण पनि डुंगा दुर्घटना हुने गरेको छ । यसअघी अगस्ट २०२४ मा सोकोटो राज्यमा यस्तै दुर्घटनामा १६ को मृत्यु भएको थियो । 

यसैगरी गत महिना, उत्तरमध्य नाइजेरियाको नाइजर राज्यमा लगभग १ सय यात्रुहरु बोकेको डुंगा पल्टिँदा १३ जनाको मृत्यु भएका थियो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *