मुख्य समाचार

अमेरिकामा बन्दुक आक्रमण हुँदा १ जना प्रहरीसहित ४ जनाको मृत्यु

अमेरिकामा बन्दुक आक्रमण हुँदा १ जना प्रहरीसहित ४ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको न्युयोर्क सिटीको एक गगनचुम्बी भवनमा भएको गोली प्रहारमा एक प्रहरीसहित ४ जनाको मृत्यु भएको छ।

उक्त घटनामा अन्य धेरै मानिसहरू घाइते भएका छन् । अमेरिकी प्रहरीका अनुसार बन्दुक चलाउने व्यक्तिको समेत ज्यान गएको छ। घटनाको क्रममा त्यहाँ रहेको प्रहरीमाथि पनि आक्रमण भएको हो । धेरै जना प्रहरी घाइते भएका छन्। 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यसरी बन्दुक प्रहार गर्ने व्यक्तिको नेभडाका सेन डी टमुरा रहेको बताइएको छ । यद्यपि प्रहरीले औपचारिक रूपमा बन्दूकधरीको पहिचान सार्वजनिक गरेको छैन ।  

हालसम्म घटनाको कारण खुलाइएको छैन तर, अनुसन्धान जारी रहेको प्रहरीले जनाएको समाचारमा उल्लेख छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *