समाज

अध्यक्ष सिके राउतलाई राजीनामा दिन २४ घण्टे अल्टिमेटम

अध्यक्ष सिके राउतलाई राजीनामा दिन २४ घण्टे अल्टिमेटम

काठमाडौं । मधेश प्रदेशमा सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चर्किएको छ ।

 ६ जना शीर्ष नेताद्वारा बुधबार पार्टी अध्यक्ष डा.सिके राउतको राजीनामा माग्दै भाँडभैलो शुुरु भएको हो । बुधबार पार्टीका वरिष्ठ पदाधिकारीहरूले अध्यक्ष डा. चन्द्रकान्त (सी.के.) राउत र संगठन विभाग प्रमुख डा. जयकान्त राउतलाई २४ घण्टाभित्र पदबाट स्वेच्छिक राजीनामा दिन औपचारिक आग्रह गरिएको छ । 

वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहितका ६ जना केन्द्रीय तथा प्रदेश स्तरका पदाधिकारीहरूले अध्यक्षलाई सम्बोधन गर्दै पठाइएको पत्रमा पार्टीलाई पारदर्शी, जवाफदेही र जनउत्तरदायी बनाउन असफल भएको उल्लेख छ । 

नेतृत्व परिवर्तनको माग गर्ने पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक संजय कुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका संयोजक डा.सीके सिंह, सुदूरपश्चिम प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रम बहादुर बम छन् । 

यसैबीच जनमत पार्टीका अध्यक्ष राउतले कसैलाई पार्टीमा उकुसमुकुस लागिरहेको छ भने यही राम्रो मौका हो भन्दै पार्टी छाड्न चुनौती दिएका छन् ।  अध्यक्ष राउतले सामाजिक सञ्जालमार्फत अनुशासनमा बस्न सकिँदैन, एउटै पार्टीमा बस्दाबस्दै वाक्क लाग्यो र नयाँ पार्टी रोज्न वा खोल्न चाहनु हुन्छ जान सक्नु हुन्छ भनेका छन् । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *