भोजपुर । भोजपुरमा गत आर्थिक वर्षमा २२ करोडभन्दा बढी राजस्व संकलन भएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा २२ करोड ३२ लाख ९४ हजार ७०१ राजस्व संकलन भएको करदाता सेवा कार्यालय भोजपुरले जनाएको छ ।
विगतका वर्षको तुलनामा यस वर्ष राजस्व संकलनमा ७ दशमलव १२ प्रतिशतले बृद्धि भएको करदाता सेवा कार्यालय भोजपुरले जनाएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा २० करोड ८४ लाख ४२ हजार ५४७ संकलन भएकोमा गत आर्थिक वर्षमा एक करोड ४८ लाख राजस्व वृद्धि भएको हो ।
स्थानीय तहमा करदाता शिक्षा, बजार अनुगमनलगायत कर सम्वन्धि सचेतनाका कार्यक्रम सञ्चालन गरिएसँगै भोजपुरका राजस्व संकलनमा बृद्धि भएको कार्यालय जनाएको छ ।
करदाता शिक्षालाई जनस्तरसम्म पु¥याएसँगै करको दायरामा आउनेको सङ्ख्या बढ्दै कार्यालयको भनाइ छ । भोजपुर जिल्लामा हालसम्म सात हजार ६५१ करदाता दर्ता रहेको कार्यालयले जनाएको छ ।