मुख्य समाचार

रुसले युक्रेनमा गरेको हवाई आक्रमणमा २१ जनाको मृत्यु

रुसले युक्रेनमा गरेको हवाई आक्रमणमा २१ जनाको मृत्यु

एजेन्सी । रुसले युक्रेनमा गरेको हवाई आक्रमणमा २१ जनाको मृत्यु भएको छ । 

बिहीबार राती किभमा भएको आक्रमणमा युरोपियन युनियन (ईयू) र बेलायती काउन्सिलका भवनहरूमा समेत क्षति पुगेको हो । आक्रमणले एक टर्की उद्यम र अजरबैजान दूतावासलाई समेत क्षति पुगेको बताइएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमध्ये तीनजना बालबालिका रहेका छन । सैन्य उद्योग प्रतिष्ठानहरू र युक्रेनका सैन्य एयर बेसहरूमाथि रूसले एकै रातमा युक्रेनमाथि ड्रोन र मिसाइल सहित ६ सय २९ हवाई आक्रमण गरेको बताइएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणलाई सामान्य नागरिकहरूको भयानक र योजनाबद्ध हत्या भनेका छन । बेलायती प्रधानमन्त्री कियर स्टार्मरले पनि आक्रमणको निन्दा गरेका छन् । अमेरिकी विशेष दूत कीथ केलेगले किभका आवासीय इलाका, नागरिक रेल, ईयू र बेलायती मिशन कार्यालय र निर्दोष सर्वसाधारणमाथि आक्रमण भएको भन्दै आपत्ति जनाएका छन् । 

युरोपेली संघ र बेलायतले तत्कालै आफ्ना रूसी दूतलाई बोलाएर विरोध जनाएका छन ।  आक्रमण ट्रम्पले अलास्कामा पुटिनसँग गरेको शिखर वार्तापछि दुई साताभित्रै भएको हो । रूसले भने आफ्नो आक्रमण सैन्य–औद्योगिक संरचना र एयर बेसमाथि लक्षित भएको र युक्रेनले पनि रूसी लक्ष्यहरूमा प्रहार गरेको बताएको छ ।

क्रेमलिनले शान्ति वार्तामा अझै चासो रहेको दाबी गरेको समाचारमा उल्लेख छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *