मुख्य समाचार

पाकिस्तानमा अत्यधिक वर्षापछी आएको बाढीमा २०० जनाको मृत्यु

पाकिस्तानमा अत्यधिक वर्षापछी आएको बाढीमा २०० जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा अत्यधिक वर्षापछी आएको बाढीमा २००जनाको मृत्यु भएको छ । 

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्त, दीर, बाजौर र एबटाबाद जिल्लामा बिगत केही दिनदेखी जारी वर्षापछी आएको बाढीले ती जिल्लाहरु प्रभावित भएको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ती जिल्लाका सयौं नागरिकहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । बाढीमा १६ जना बेपत्ता भएकाले उनीहरुको खोजी कार्य जारी छ । बाढीका कारण सडक अवरुद्ध हुनु्का साथै ठाउँ ठाउँमा बिजुलीका पोल ढलेका कारण बिजुली आपुर्ती बन्द हुँदा हजारौं मानिस अँधेरोमा बस्न बाध्य छन् । 

बाढीका कारण केही समयका लागि बिद्यालय र कलेज समेत बन्द गरिएका छन् । पाकिस्तानको निलम नदीको जलस्तर बढेकाले बस्तीसम्म प्रवेश गरेको छ । यसैबीच पाकिस्तानका मुख्यमन्त्री अली अमीन गंडापुरले पाकिस्तानका अधिकांश जिल्लामा हाइ अर्लट जारी गर्दै सतर्कता अपनाउन अपील गरेको छ । 

मोसमविदहरुले वर्षा अझ केही दिन जारी रहने भन्दै बाढीले थप बस्ती डुबानमा पर्ने अनुमान गरेको समाचारमा उल्लेख छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *