एजेन्सी । प्यालेष्टेनी भुमी गाजामा सहायता सामग्री बोकेको ट्रक खाद्यान्न संकलनमा क्रममा रहेका सर्वसाधारणको भीडमाथि पल्टंदा २० जना प्यालेस्टिनीको मृत्यु भएको छ ।
घटनामा दर्जनौं घाइते भएका छन् । हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ता महमूद बसलका अनुसार मध्य गाजा पट्टीको शरणार्थी शिविर नजिकै घटना भएको हो । घटनाबारे अनुसन्धान गरिरहेको इजरायलले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गाजामा राहत सामग्रीको निगरानी गर्ने इजरायली सैन्य एकाइले घटना निकै दर्दनाक भएको भन्दै शोक सन्तप्त परिवारप्रति समबेदना प्रकट गरेको छ । उक्त ट्रक पल्टेपछी गाजाबासीहरुले खाद्यान्न सामग्री लुटेर लगेको इजरायली सेनाको आरोप लगाएको छ ।
संयुक्त राष्ट्रसंघको तथ्याङ्क अनुसार गत मे महिनाको अन्त्यदेखि यता खानाको खोजीमा १३ सय भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भइसकेको छ । गाजामा भोकमरी र कुपोषणका कारण लाखौं प्रभावित भइरहेको अवस्थामा खाद्यान्न बितरणलाई तीब्रता दिइरहेको बेला भएको यो घटनालाई विश्व समुदायले निन्दा गरेको छ ।
विश्वका कयौं राष्ट्रहरुले गाजाबासीका लागि उपलब्ध गराएको खाद्यान्न बितरणमा इजारायली सेनाले रोक लगाएपछी गाजाबसीहरु नुन र माटो खाएर दिन गुजारा गर्न बाध्य भएको समाचारमा उल्लेख छ ।
