समाज

रौतहटमा सेफ्टी ट्याङ्कीमा डुबेर २ बालबालिकाको मृत्यु

रौतहटमा सेफ्टी ट्याङ्कीमा डुबेर २ बालबालिकाको मृत्यु

काठमाडौं । रौतहटमा सेफ्टी ट्याङ्कीमा डुबेर २ जना बालबालिकाको मृत्यु भएको छ । 

रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलका गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साहको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार दुबै बालबालिका खेल्ने क्रममा मंगलबार साँझ  स्थानीयको शौचालयको सेफ्टि ट्यांकीमा खसेका थिए । उनीहरुलाई त्यहाँबाट निकालेर उपचारका लागि सरकारी अस्पताल चपुरमा लगिएको थियो । सोही समय उनीहरुलाई डाक्टरले मृत घोषणा गरेको बताइएको छ । 

हाल दुवैजना बालबालिकाको शव पोस्टमार्टमका लागि सोही स्वास्थ्य केन्द्रमा राखिएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *