एजेन्सी । पोर्चुगलमा केबलरेल दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।
राजधानी लिस्बनको एभेनिडा दा लिबेर्दाद स्थित प्रसिद्ध ग्लोरिया फनिकुलर केबलरेलको डोरी चुंडिएर भुँइमा खस्दा एक भवनमा ठोकिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यका अनुसार दुर्घटनामा २० जना घाइते भएका छन् । मृत्यु हुनेहरूमा अधिकांश विदेशी नागरिक रहेका छन् । पोर्चुगलको लिस्बनमा आपतकालीन स्वास्थ्य सेवा प्राधिकरणका अनुसार घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेकोे छ ।
रेलमा थुनिएका केहीको उद्धार गरिएको छ । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दि सौसाले विज्ञप्ति जारी गर्दै घटना निकै दर्दनाक भएको भन्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् भने स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले यो दुर्घटना भयावह भएको भन्दै आफु स्तब्ध भएको प्रतिक्रिया दिएका छन् ।
केबलरेलमा कति मानिस सवार थिए भन्ने अझै प्रष्ट छैन । दुर्घटनाका कारण उक्त रेलमा क्षतिग्रस्त भएको छ । लिस्बन अधिकारीहरूले यस घटनाबारे अनुसन्धान शुरु भएको जनाएको छ । ग्लोरिया फनिकुलर लिस्बनका सबैभन्दा प्रसिद्ध पर्यटन आकर्षणमध्ये एक मानिन्छ ।