एजेन्सी । चीनमा मुशलधारे वर्षा सँगै आएको बाढीमा १० जनाको मृत्यु भएको छ ।
चीनको उत्तरपश्चिमको गान्सु प्रान्तमा आएको बाढीमा ३३ जना बेपत्ता भएका छन् । चीनको गान्सु क्षेत्रमा बिगत केही सातादेखिको मुशलधारे वर्षा जारी रहंदा बाढी आएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङले बेपत्ताको उद्धारका लागि सम्बन्धित निकायहरुलाई निदेर्शन दिएका छन् । बाढी बस्तीसम्म प्रवेश गर्दा सयौं घर डुबानमा परेका छन् ।
बाढीले स्थानीयको बालीनाली समेत नष्ट गरेको छ । बाढी प्रभावितहरुलाइृ सुरक्षित स्थानतर्फ सारिएको छ । चीनमा विशेष गरी वर्षा याममा हुने प्राकृतिक प्रकोपहरूका कारण ठूलो धनजनको क्षति हुने गरेको छ ।
यसअघि उत्तरी बेइजिङमा गत महिना भएको भारी वर्षाका कारण ४४ जनाको मृत्यु भएको थियो ।