समाज

सिरहामा अज्ञात समूहद्वारा धारिलो हतियार प्रयोग गरी १ जना हत्या

सिरहामा अज्ञात समूहद्वारा धारिलो हतियार प्रयोग गरी १ जना हत्या

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–११ आमचौक निवासी अन्दाजी ८० वर्षीय फनिलाल यादवको अज्ञात समूहद्वारा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । 

यादवमाथि राति सुतिरहेको अवस्थामा टाउकोमा धारिलो हतियार प्रहार गरिएको परिवारजनले बताएका छन् । बिहान अबेरसम्म नउठेपछि परिवारले बोलाउन जाँदा उनी गम्भीर घाइते अवस्थामा भेटिएका थिए । 

तत्कालै उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल पु¥याइएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो । फनिलाल यादव लहान–२४ का भूपू वडा अध्यक्ष कमलदेव यादवका पिता हुन् । उनका जेठा छोरा कपिलदेव यादवले घटनापछि प्रहरीलाई खबर गरेको भएपनि समयमा प्रहरी नआएको गुनासो गरेका छन । 

प्रहरीको ढिलासुस्ती र लापरबाहीप्रति आक्रोशित बनेका स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गमा टायर बालेर करिब एक घण्टा आवागमन बन्द गरेका थिए । स्थानीयले घटना गम्भीर भएको र हत्यारालाई चाडै पत्ता लगाई कारवाही गर्न माग गरेका छन । 

प्रहरीले भने घटनाबारे अनुसन्धान भैरहेको बताएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *