समाज

हुम्लामा भिरबाट लडेर १ जनाको मृत्यु

हुम्लामा भिरबाट लडेर १ जनाको मृत्यु

काठमाडौं । हुम्लामा भिरबाट लडेर १ जनाको मृत्यु भएको छ । 

हुम्लाको अदानचुली गाउँपालिकामा बाख्रा चराउन वनमा गएका नान बुढाको भिरबाट लडेर मृत्यु भएको हो । 

शनिबार अदानचुली –३ को माझखर्कस्थित बाख्रा चराउन गएका अन्दाजी ३६ वर्षीया बुढा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।
 
बाख्रा चराउन खर्कबाट जङ्गल हिँडेका बुढा साँझ अबेरसम्म बास बस्ने खर्कमा नआएपछि श्रीमतीले खोजी गर्ने क्रममा पानीटोट्का जङ्गलको भिरबाट करिब १०० मिटर तल मृतावस्थामा फेला पारेका हुन् । 
  
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *