मुख्य समाचार

ग्रीसमा लागेको भीषण डढेलोमा परी १ जनाको मृत्यु

ग्रीसमा लागेको भीषण डढेलोमा परी १ जनाको मृत्यु

एजेन्सी । ग्रीसको एथेन्सस्थित दक्षिणपूर्वी कराटियामा लागेको भीषण डढेलोमा परी एक वृद्धको मृत्यु भएको छ । 

टोगानी क्षेत्रमा आफ्नै घरभित्र बृद्धको शव जलेको अवस्थामा फेला परेको ग्रीकको अग्नि नियन्त्रण विभागले जनाएको हो । शुक्रबार दिउँसो मनाउत्सो क्षेत्रमा शुरु भएको आगो तीव्र हावाका कारण छिट्टै फैलिएको छ । 

अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आगो फैलिएपछि वरपरका सात बस्ती खाली गरिएको छ ।  करिब सात किलोमिटर फैलिएको आगो नियन्त्रणका लागि करिब १९० अग्नि नियन्त्रक, ४४ सवारीसाधन र हेलिकप्टर तथा विमान परिचालन गरिएको जनाइएको छ । 

ग्रीसका अन्य भागहरूमा पनि २४ घण्टाभित्र ५० भन्दा बढी डढेलोको घटना भएको अधिकारीहरूले बताएका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *