मुख्य समाचार

सुडानमा पहिरो जाँदा १ हजार बढी मानिसको मृत्यु

सुडानमा पहिरो जाँदा १ हजार बढी मानिसको मृत्यु

एजेन्सी । अफ्रिकी मुलुक सुडानमा पहिरो आउँदा १ हजार बढी मानिसको मृत्यु भएको छ । 

सुडानको पश्चिमी क्षेत्रमा अविरल वर्षापछि आएको पहिरोले २ सय बढी घर पुरिएका छन् । पहिरोल सुडानको दुर्गम मर्रा पर्वत क्षेत्र बढी प्रभावित भएको छ । 

सुडान लिबरेसन मुभमेन्ट आर्मीका अनुसार तारासिन गाउँलाई पूर्ण रूपमा समतल पारेको र केवल एक जना मात्र जीवित बचेको बताइएको छ । सन् २०२३ को अप्रिलमा शुुरु भएको गृहयुद्धले सुडानका जनता भोकमरीको चपेटामा परिरहेको अवस्थामा पहिरो गएपछी त्यहाँका सर्वसाधारण थप मारमा परेका छन् । 

सुडानमा गृहयुद्ध शुुरु भएदेखि हालसम्म मृत्यु हुनेहरूको संख्या १ लाख ५० हजार पुग्दा १ करोड २० लाख मानिस विस्थापित भएका छन् । पहिरोका कारण पुर्ण रुपमा आर्थिक क्षति भएपछि संयुक्त राष्ट्रसंघ तथा अन्य क्षेत्रीय र अन्तर्राष्ट्रिय संस्थाहरूसँग सुडानले मानवीय सहायता माग गरेको छ । 

यता पहिरो प्रभावितहरुलाई भने सुरक्षित स्थानतर्फ सारेतापनि सरकारले उचित राहत भने उपलब्ध गराउन नसकेको अनतर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *