मुख्य समाचार

गाजा बालबालिकाका लागि बस्न अयोग्य

गाजा बालबालिकाका लागि बस्न अयोग्य

एजेन्सी । संयुक्त राष्ट्र बालकोष (यूनिसेफ) ले तीव्र सैन्य गतिविधिका कारण गाजा बालबालिकाका लागि बस्न अयोग्य बनेको जनाएको छ ।

युनिसेफको मध्यपूर्व तथा उत्तर अफ्रिका क्षेत्रीय कार्यालयकी सञ्चार व्यवस्थापक टेस इन्ग्रामले गाजाबाट भिडियो सन्देश मार्फत न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा गाजा बालबालिकाका लागि बस्न आयोग्य रहेको जनाएकी हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माधयमका अनुसार उनले झन्डै १० लाख मानिस अझै पनि गाजा सिटीमा बसोबास गरिरहेको जानकारी दिँदै इजरायलले सैन्य आक्रमण तीव्र बनाए गम्भीर मानवीय विपत्तिमा परिणत हुन सक्ने चेतावनी दिएकी छन् ।

उनले युनिसेफद्वारा सञ्चालनमा रहेका ९२ पोषण उपचार केन्द्रहरूमध्ये हाल ४४ मात्र क्रियाशील रहेकाले हजारौँ कुपोषित बालबालिका अत्यावश्यक उपचार सेवाबाट वञ्चित भएको पनि जानकारी दिएकी छन् ।

यसैबीच, गाजाको आवासीय भवन विस्थापितहरुको शिविरमा इजरायलले गरेको पछिल्लो आक्रमणमा कम्तीमा १४ जना प्यालेस्टिनीहरूको मृत्यु भएको छ । आक्रमणमा परी कयौँ घाइते भएका छन् । हाल गाजा कब्जा गर्ने लक्ष्यका साथ इजरायली सेनाले तीव्र आक्रमण गरिरहेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *