एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा भोकमरी भएको बताउँदै अमेरिका ‘खाद्य केन्द्रहरू’ स्थापना गर्ने बताएका छन् ।
अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्पले समस्या समाधानको लागी वार्ता सहज बनाउन हमासले बन्धकहरू रिहा गर्नुपर्ने माग भने दोहो¥याएका छन् ।
गाजामा जारी भोकमरी र कुपोषण सङ्कटका कारण पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको बताइएको छ । संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुखले आगामी दिनहरू मानवीय प्रयासका लागि निर्णायक हुने चेतावनी दिएका छन् ।
इजरायलका दुई प्रमुख मानव अधिकार संस्थाहरूले गाजामा प्यालेस्टाइन माथि ‘नरसंहार गरिरहेको’ आरोप लगाएका छन् । सरकारका प्रवक्ताले भने सो प्रतिवेदनलाई अस्वीकार गरेका छन्