मुख्य समाचार

अमेरिकी सैन्य अखडालाई निशाना बनाउने इरानको चेतावनी

अमेरिकी सैन्य अखडालाई निशाना बनाउने इरानको चेतावनी

एजेन्सी । इरानले अमेरिकासँग द्वन्द्व भड्किए सैन्य अखडालाई निशाना बनाउने चेतावनी दिएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौतामा पुग्नेमा आफू ‘कम विश्वस्त’ रहेको बताएपछि यस्तो प्रतिक्रिया आएको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इरानका रक्षा मन्त्री अजीज नासिर जादेहले वार्ता असफल भएमा अमेरिकी सैन्य कारबाहीको चेतावनीको जवाफमा अमेरिकाले सेल्टर बनाइ बसेका देशहरूमा रहेका सबै आधार शिबिरलाई निशाना बनाउने बताएका हुन् । 

यसैबीच अमेरिकाले इराकसहित मध्यपूर्वका मुलुकबाट केही कूटनीतिज्ञ र सैन्य परिवारलाई फिर्ता बोलाउने तयारी गरेको छ । इरानसँगको बढ्दो तनावका बीच अमेरिकाले यस्तो तयारी गरेको हो । अमेरिकाको प्रमुख तेल उत्पादक क्षेत्रमा सैन्य उपस्थिति रहेको छ, जसका इराक, कुवेत, कतार, बहराइन र संयुक्त अरब इमिरेट्समा सैन्य बेस छन् । ती क्षेत्रमा रहेका सैन्य परिवारलाई स्वेच्छिक रुपमा अमेरिका र्फकने अनुमति दिइएको छ ।

इरानसँग आणविक सम्झौता गर्ने  ट्रम्पको प्रयास सफल हुन नसकेको अवस्था र इजराइलले इरानी आणविक भण्डारमा लक्ष्य गरेर आक्रमणको तयारी गरेका कारण अमेरिकाले आफ्ना अधिकारीहरुलाई फिर्ता गर्ने भएको हो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *