काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो ।
बुधबार प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ३०० रुपैयाँले बढेर १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला २२६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।
आर्थिक वर्ष २०८२/०८३ शुरु भएसँगै आजैदेखि २ प्रतिशत विलासिता कर पनि लागू भएको छ ।