काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विपद् प्रभावितहरूको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २ करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।
सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध सिद्धार्थ बैंकले कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको पीडामा साथ दिने तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन योगदान पुर्याउने विश्वासका साथ उक्त रकम कोषमा उपलब्ध गराएको हो ।
विपद्का कारण ज्यान गुमाउने सम्पूर्ण दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै बैंकले शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेकाे छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकाे छ । बैंकले प्रभावित समुदायको पुनःस्थापना र सामान्य जनजीवन पुनर्बहालीका लागि भइरहेको सरकारी तथा सरोकारवाला निकायहरूको प्रयास सफल होस् भन्ने कामना समेत गरेकाे छ । ।
बैंकले विगतदेखि नै विभिन्न सामाजिक, मानवीय तथा विपद् व्यवथापनसम्बन्धी कार्यहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ ।