मुख्य समाचार

ट्रम्प प्रशासनद्वारा हार्वर्ड विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न रोक

ट्रम्प प्रशासनद्वारा हार्वर्ड विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न रोक

एजेन्सी । अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय हार्वडको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न ट्रम्प प्रशासनले रोक लगाएको छ । 

प्रशासनले कानूनको पालना गर्न असफल भएको भन्दै हार्वर्डको विद्यार्थी र आदानप्रदान आगन्तुक कार्यक्रम प्रमाणीकरण खारेज गरिएको अमेरिकाको आन्तरिक सुरक्षा मन्त्री क्रिस्टी नोएमले बताएकी हुन् । 

हार्वर्डले एक विज्ञप्ति जारी गर्दै ट्रम्प प्रशासनको यस कदमलाई गैरकानूनी भनेको छ । निर्णयले विश्वविद्यालयमा अध्ययनरत हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई असर गर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

विश्वविद्यालयको तथ्यांक अनुसार, गत शैक्षिक वर्षमा ६ हजार ७ सयभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना भएका थिए । यो विश्वविद्यालयको कुल विद्यार्थी संख्याको २७ प्रतिशत हो ।

हावर्डले विभिन्न तीन चरणमा गरेर सङ्घीय सरकारबाट पाउने अनुदान रोक्का गरिएको छ । यसै साता हावर्डके आर्थिक संकट भएको बताउँदै पूर्व विद्यार्थीलाई सहयोगका लागि अपिल गरेको थियो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *