समाज

वर्खा लागेसँगै सौराहामा घटे पर्यटक

वर्खा लागेसँगै सौराहामा घटे पर्यटक

काठमाडौं । पर्यटकीय नगर सौराहामा वर्षायाममा शुरु भएसँगै सुनसान देखिन थालेको छ । वर्षालागेसँगै पर्यटकीय गतिविधि कम हुने र विदेशी पर्यटक नआएकाले सौराहा सुनसान देखिएको हो । 
  
पर्यटकको नभएपछि अधिकांश होटलले कर्मचारीलाई बिदा दिएको छ । वर्खामा पनि भारतीय, चिनियाँ र स्वदेशी पर्यटक सौराहा आउने गरेका तर भारतीय पर्यटक आउने मुख्य नाका भैरहवाबाट सतहमार्ग हुँदै आउन असहज भएकाले पर्यटक घटेका बताइएको छ । 

काठमाडौं र बुटवलबाट आउने सडक असहज हुनु, हवाई यातायात पनि अनियमित हुँदा पर्यटक घटेका हुन् । सौराहामा निकुञ्ज र आसपासका क्षेत्रमा जिप, पैदल, हात्ती, डुङ्गा सफारी गर्ने र वन तथा वन्यजन्तु अवलोकन गर्न पर्यटक आउने गर्छन् । चितवन राष्ट्रिय निकुञ्जले बर्खालागेसँगै जिप सफारी बन्द गरेको छ । 
 
सौराहामा करिब १५० होटल छन् । आठ हजार बढी शय्या भएका यी होटलमा छ हजारभन्दा बढीले रोजगारी पाएका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *