धर्म

श्रावण महिनामा किन गरिन्छ भगवान् शिवको पूजा !

श्रावण महिनामा किन गरिन्छ भगवान् शिवको पूजा !

काठमाडौं । आज साउनको दोस्रो सोमबार, भगवानको शिवको पूजा गरि मनाइँदैछ । आज शिव मन्दिरहरुमा भक्तजनहरुको बाक्लो उपस्थीति समेत रहेको छ । तर तपाईलाई थाहा छ साउन महिना नै भगवान शिवको लागि विशेष छ । आज तपाईहरुलाई यस विषयमा हामी जानकारी दिनेछौं ।

साउन दक्षिणायनमा आउने भएकाले शिवको महिना मानिन्छ । जसको देवता शिव हो, त्यसैले शिवलाई पूजा गर्नु शुभ मानिन्छ । साउन महिनामा वर्षायाम हुन्छ । पुराणका अनुसार भगवान शिवलाई चढाइने फूल र पात वर्षामा मात्र आउने भएकाले साउनमा भगवान शिवको पूजा गर्ने चलन छ ।

स्कन्द पुराणमा भगवान शिवले साउन महिनाको बारेमा सनतकुमारलाई भनेका थिए, म श्रावणलाई धेरै माया गर्छु । यस महिनाको प्रत्येक तिथी व्रत र हरेक दिन पर्व हुने भएकाले यस महिनामा अनुशासन र संयमका साथ पूजा गर्नाले शक्ति र पुण्यमा वृद्धि हुन्छ ।

यो महिनाको नाम किन राखियो श्रावण ?
स्कन्द र शिव पुराणलाई उद्धृत गर्दै विज्ञहरूले यसका दुई कारण बताउँछन् । पहिलो, श्रवण नक्षत्र यस महिनाको पूर्णिमा तिथिमा पर्दछ । यही नक्षत्रको कारणले महिनाको नाम आएको हो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *