समाज

झ्याप्ले खोलाको पहिरो नियन्त्रण र व्यवस्थापन तिव्र रुपमा गरिँदै

झ्याप्ले खोलाको पहिरो नियन्त्रण र व्यवस्थापन तिव्र रुपमा गरिँदै

काठमाडौं । नागढुंगा–नौबिसे खण्डमा पर्ने धादिङको झ्याप्ले खोलाको पहिरो व्यवस्थापन तिव्र रुपमा जारी रहेको छ  । 

आयोजना निर्माण कम्पनीका जाङ्सु सगुन जेभिका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेले पहिरो व्यवस्थापन कार्य छिटै सम्पन्न हुने जानकारी दिएका छन् । हाल पहिरो गएको स्थानमा ग्याविन बाल लगाउने कार्य भईरहेको छ ।

गत असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत नागढुंगा–नौबिसे खण्डको झ्याप्ले खोलामा पहिरो गएको थियो । पहिरो व्यवस्थापनका लागि नागढुंगा–नौबिसे खण्डमा स्तरोन्नतिका लागि ठेक्का लिएको  जाङ्सु सगुन जेभिले काम गरिरहेको छ ।

नागढुंगा-मुग्लिन सडक करिब ९५ किलोमिटर दूरी रहेको यो सडक खण्ड तीन वटा प्याकेज छुट्याएर  स्तरोन्नति गरिँदै छ । पहिलो प्याकेजमा नागढुंगा–नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *