मुख्य समाचार

अमेरिकामा २५ करोड मौरी भागेपछि सावधानी अपनाउन चेतावनी

अमेरिकामा २५ करोड मौरी भागेपछि सावधानी अपनाउन चेतावनी

एजेन्सी । अमेरिकाको वासिङ्टन राज्यमा २५ करोड मौरी भागेपछि सावधानी अपनाउन प्रहरीले चेतावनी जारी गरेको छ ।  

मौरी बोकेको ट्रक दुर्घटना हुँदा २५ करोड मौरी भागेपछि पश्चिमी अमेरिकामा प्रहरीले मानिसहरूलाई मौरीको झुण्डबाट जोगिन आग्रह गरेको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकाको सुदूर उत्तरपश्चिममा रहेको वासिङ्टन राज्यमा एउटा ‘सेमी ट्रेलर ट्रक’ दुर्घटना हुँदा २५ करोड मौरीहरू एक साथ भागेका हुन् । मौरी भाग्ने क्रममा बिचमा आउने अवरोधले आक्रामक हुने र एकै ठाउमा झुम्मिने र टोक्ने सम्भावनाको कारण यस क्षेत्रमा सावधानी अपनाउन भनिएको छ ।

क्यानाडासँग सीमा जोडिएको र भ्यानकुभरबाट ३० माइलको दूरीमा रहेको यस क्षेत्रका मौरी विशेषज्ञहरूले सफाइका लागि काम गरिरहँदा सडकहरू बन्द गरिएको समाचारमा उल्लेख छ ।

पश्चिमी अमेरिकामा कतिपय मौरीपालकहरूले मह उत्पादन गर्ने मात्र लक्ष्य राख्छन् भने कतिपयले आफ्नो बालीमा परागण गर्न कीराको आवश्यकता पर्ने किसानहरूलाई आफ्नो घार भाडामा दिई मनग्य आम्दानी गर्छन्

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *