मुख्य समाचार

अमेरिकाको लस एन्जलसमा हिंसात्मक प्रदर्शन

अमेरिकाको लस एन्जलसमा हिंसात्मक प्रदर्शन

एजेन्सी । अमेरिकाको लस एन्जलसमा हिंसात्मक प्रदर्शन भएको छ ।  

आप्रवासन तथा भन्सार प्रवर्तनले छापा मारेर एक सय १८ जना अवैध आप्रवासीलाई पक्राउ गरेपनि हिंसात्मक प्रदर्शन भएको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रदर्शनकारीहरूले संघीय भवन घेराबन्दी गरेर आईसीई अर्थात् आप्रवासन तथा भन्सार प्रवर्तन विभागका अधिकारीलाई लक्षित गर्दै आक्रमण गरेका हुन् ।

गृह सुरक्षा विभागले डेमोक्र्याट नेताहरूले नकारात्मक बयान दिँदा हिंसा भड्किएको आरोप लगाएको छ । आप्रवासन तथा भन्सार प्रवर्तन विभागले पक्राउ परेका व्यक्तिमध्ये पाँच जना गिरोह सदस्यसहित लागूपदार्थ तस्करी, घरेलु हिंसा, र मानव तस्करीमा संलग्न रहेको आरोप लगाएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *