समाज

आइतबार र सोमबार अत्यधिक वर्षाबाट उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

आइतबार र सोमबार अत्यधिक वर्षाबाट उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्लामा आज र भोलि (आइतबार र सोमबार) अत्यधिक वर्षाबाट उच्च जोखिममा रहेको जनाएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालका विभिन्न क्षेत्रमा अति भारीसम्म वर्षा हुनसक्ने भनी विशेष बुलेटिन जारी गरिसकेको र सो आधारमा ती १२ जिल्ला बढी जोखिमा रहेका छन ।

सुदूरपश्चिम प्रदेशको बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर, कर्णाली प्रदेशको सुर्खेत, दैलेख र सल्यान, लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङमा भारी वर्षाको जोखिम रहेको छ । अन्य प्रदेशका उच्च पहाडी क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । 

पछिल्लो २४ घण्टामा प्युठान, डोटी, बाग्लुङ, कैलालीका केही ठाउँमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले देशभर बदली रहेको र कतिपय स्थानमा वर्षा भइरहेको जनाइएको छ ।

सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । साथै अन्य प्रदेशको पहाडी भागका एकदुई स्थानमा पनि भारीदेखि धेरै अतिभारी वर्षाको सम्भावना रहेको जनाइएको छ । तीन दिनसम्म देशका प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने भन्दै सचेतना अपनाउन आग्रह गरेको छ ।

विशेषगरी कर्णाली, महाकाली र नारायणी नदीहरूमा बहाव बढ्ने तथा पहाडी क्षेत्रका दर्जनौँ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम रहेको भन्दै महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *