समाज

भारी वर्षा र बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह

भारी वर्षा र बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । आइतबारदेखि पूर्वी नेपालबाट थप सक्रिय हुने मनसुनी प्रणालीले देशभर वर्षा गराउने मौसमविद्ले बताएका छन् । 

न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतर्फ सर्ने र वर्षा गराउने प्रणाली पनि नेपालतर्फ प्रवेश गरिरहेकोले वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आइतबार पूर्वी नेपाल हुँदै लुम्बिनी प्रदेशसम्म र सोमबार पश्चिम नेपालमा धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । काठमाडौं उपत्यकासहित ४१ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

अहिले देशभर मनसुनी वायुको प्रभाव छ । आमइतबार दिउँसोदेखि सोमबार बिहानसम्म देशभर ठूलो वर्षा हुन सक्ने सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी जलाधार क्षेत्रमा अत्यधिक पानी पर्नसक्ने भएकाले सोमबारसम्म सकभर लामो दूरीको यात्रा नगर्न अनुरोध गरिएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *