काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्ने भएको छ ।
बैठक आज दिउसो १ बजे बस्नेछ । बैठकमा विधान संशोधन प्रस्तावमाथि छलफल हुने बताइएको छ ।
यसअघि बिहीबार बसेको सचिवालय बैठकले विधानमा व्यवस्था गरेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेस भएको थियो ।
विधान संशोधन प्रस्तावमाथि भएको छलफलमा यो व्यवस्था हटाउने गरी छलफल भएको हो । त्यसैगरी केन्द्रीय पदाधिकारी १५ जना हुने गरी विधान संशोधन गर्न पनि नेताहरू सहमत भएका छन् ।