एजेन्सी । युक्रेनी ड्रोन हमलाले मस्को विमानस्थलको उडान अवरुद्ध भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसाररुसको राजधानीमा आक्रमण भएपछि बिहीबार मस्को वरपरको हवाई यातायात अवरुद्ध भएको हो । रातभरमा मस्को सहरलाई लक्षित ३५ युक्रेनी ड्रोन खसालिएको रुसी रक्षा मन्त्रालयले बताएको छ ।
बिहीबार मस्कोका धेरैजसो विमानस्थलमा उडानहरू अवरुद्ध भएको रुसको उड्डयन प्राधिकरण रोसाभियत्सियाले जनाएको छ । विमानहरू अस्थायी रूपमा शहरको मुख्य शेरेमेत्येवो विमानस्थलका साथै अन्य विमानस्थलमा ग्राउन्डेड गरिएको थियो ।
रुसले अहिले क्रिमिया प्रायद्वीपसहित युक्रेनको करिब पाँच भाग नियन्त्रणमा लिएको छ । क्रिमियालाई उसले सन् २०१४ मा कब्जा गरेको थियो ।