समाज

व्यापारीलाई धम्काएर पैसा उठाउने ३ जना प्रहरीको जिम्मेवारी खोसियो

व्यापारीलाई धम्काएर पैसा उठाउने ३ जना प्रहरीको जिम्मेवारी खोसियो

महोत्तरी । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले ईलाका प्रहरी कार्यालय गौशाला महोत्तरीका प्रमुख प्रहरी निरीक्षकसहित तीन प्रहरीलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान थालेको छ । 

विभिन्न आरोप लागेपछि ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीसहित तीन जनालाई अनुसनधानका लागि मधेश प्रदेश प्रहरी कार्यालयले बोलाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

व्यापारिबाट जबरजस्ती मासिक रुपमा रकम मागेको, चेक अनादर मुद्दामा आरोपितबाट आर्थिक लाभ लिएको, ईलाका प्रहरी कार्यालय गौशाला परिसरमा दिनहुँ छलफलबाट विचौलिया परिचालन गरी आर्थिक संकलन गर्दै आएको आरोपमा उनीहरुमाथि अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक शैलेन्द्र कुमार भट्टले बताए । 

प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीमाथि प्रहरी जवान धिरज महतो र अर्जुन विश्वकर्मालाई घुमुवाको रुपमा परिचालन गरेको आरोप छ । प्रहरी जवान महतो र विश्वकर्मा लामो समयदेखि ईलाका प्रहरी कार्यालय गौशालामा कार्यरत थिए । 

जिल्ला प्रहरी कार्यालयमा ५ वर्ष भन्दा बढी समयदेखि कार्यरत सादा पोसाकमा काम गर्ने प्रहरीको सरुवा भए पनि अन्यत्र जान मानेका छैनन । लामो समय एउटै जिल्लामा बस्ने प्रहरीले अनुसन्धान र सूचना संकलन गर्न सादा पोसाक घुमुवामा बसेर पदको दुरुपयोग गरी आर्थिक लाभ लिने गरेको आरोप लाग्दै आएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *